अर्काे पुस्ताको भविष्य हामिले कोर्ने हो, भोट हाल्दा हजार पटक सोचौँ : डा. बस्नेत

काठमाडाैं- सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्ने निर्णय गरेर राम्रो काम गरेको काठमाडौै क्षेत्र नं.९ का स्वतन्त्र उम्मेदवार डा. ज्ञान बस्नेतले बताएका छन् । उहाँले अगामी निर्वाचनलाई अझै विशेष बनाउनुपर्ने र परिवर्तनका लागि विशाल अवसर भएको बताउनुभयो ।

यो पटक जनताले आफ्नो अमूल्य मत देशलाई जिताउनको लागि खर्च गर्नुपर्ने र राष्ट्रिय स्वाधिनताको खातिर गर्नुपर्ने आवश्यक देखिएको छ । हरेक खालको सामाजिक र राजनीतिक अन्यायबाट मुक्तिका लािग गर्नुपर्ने तथा यो पटक दलीय राजनीतिभन्दा माथि नीति नियम बनाउने ठाँउमा पठाउने काम गर्न उम्मेदवार बस्नेतले आग्रह गर्नुभएकोछ ।

भोट हाल्नुअघि हजार पटक सोच्न र आउदो पुस्तालाई आत्मा राखेर मनन गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभएको छ । हाम्रो सभ्यता र राष्ट्रिय अखण्डतालाई हेरेर सोच्न र एउटै भूल पटक पटक दोहरिन दिने छुट कसैलाई नभएको प्रष्ट पार्नभएको छ । लेण्डुपका नयाँ अवतारहरुलाई अव छानी छानी हराउनै पर्छ र जनतालाई आफ्नो बल प्रदर्शन गर्ने बेला आएकोले अर्काे पुस्ताको भविष्ट आफ्नै हातले कोर्नका लागि चेतनाले काम गर्न समेत डा. बस्नेतले आग्रह गर्नुभएको छ ।

उहाँले अब छिट्टै काठमाडौ क्षेत्र नं. ९ मा बसोबास गर्नुहुने सम्पूर्ण मानुभावहरुसँग भेटघाट हुने र जनताको कुरा सुन्न आफु आतुर रहेको बताएका छन् । तीन दशकदेखि चलिआएको दलीय सिण्डिकेट, अनैतिक राजनीतिक भागबण्डा र दलीय विकृतिको विरुद्धमा शान्तिपूर्ण राजनीतिक परिवर्तन र सिस्टमको जगर्नेको लागि यो निर्वाचन परिवर्तनको संवाहकको रुपमा प्रयोग गर्न समेत आग्रह गर्नुभएको छ ।
एक पटक आँट गरौँ, आँट गर्नैपर्छ डा. बस्नेतले भन्नुभयो । हामिले नगरे कसले गर्छ ? राष्ट्र, समाज, भूगोल र मानवीय मूल्य र मान्यताहरु दलीय राजनीति भन्दा माथि हुन्छ भन्ने मनन गरौँ । यो महान सामाजिक अभियानमा सबै एकजुट भएर काम गरौँ उहाँले थप भन्नुभएको छ ।

डा.ज्ञान बस्नेतले प्रतिनिधि सभा सदस्यमा काठमाण्डौ क्षेत्र नं ९ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्नु भएको छ । संस्कारको राजनीतिको वकालत र सुत्रपातको तथा राष्ट्रिय स्वाधिनाताको रक्षा र वकातलको लागि उम्मेदवारी दिन लागेको उहाँले बताउनुभयो । यसैगरी युवाहरुलाई राजनीतिमा आकर्षण गर्न, राजनीतिलाई सर्वसाधारण जनतासंग जोड्न, दण्डहिनता, कुशासन, भ्रष्ट्रचार, हरेक खालको अन्याय र अत्याचारको बिरुद्द उम्मेदवारी अघि सारेको समेत उहाँले बताउनुभएको छ । उहाँले भन्नुभयो “यो उम्मेदवारी दलीय प्रणालीको बिरुद्दमा पटक्कै हैन्, तर हाम्रोमा दलीयतन्त्रले उत्पादन गरेको भयावह राजनीतिक बिकृती र भागबण्डाको राजनितिको बिरुद्दमा छ।”

बेलायतबाट कानुनमा विद्यावारिधी गर्नुभएका डा. बस्नेत भोजपुरको विकट ठाँउमा जन्मिएर संघर्ष गर्दै राजधानी प्रवेश गर्नुभएको थियो । उहाँले नेपालबाट एकपटक र दास्रो पटक बेलायतबाट कानुनमै स्नातकोत्तर अध्ययन गर्नुभएको हो । त्यसपश्चात उहाँले मानव अधिकारको विषयमा बेलायतबाट विद्यावारिधी गर्नुभयो । उहाँ मानव अधिकारको विषयमा विद्यावारिधि गर्ने नेपालकै पहिलो व्यक्ति हुन् । अहिलेसम्म कसैको दाबी समेत नआएको उहाँको भनाइ छ ।

पूर्वाञ्चल विश्वविद्यालय अन्र्तगतको चक्रवर्ती हावी एजुकेशन ल युनिभर्सिटीमा प्राध्यापकको रुपमा उहाँका कार्यरत हुनुहुन्छ भने उहाँ खुला विश्वविद्यालयमा समेत प्राध्यापन गर्नुहुन्छ । उहाँका लेख तथा स्तम्भहरु एसिया टाइम्स अनलाईन, हङकङ, The Dawn नेशनल पेपर पाकिस्तान तथा युरो एसिया रिभ्यू एण्ड न्यूज एनालाइसिसमा समेत अंग्रेजी माध्यमबाट लेखहरु प्रकाशन हुदैँ आइरहेका छन् । स्तम्भकारको रुपमा परिचित डा. बस्नेतले नेपालबाट प्रकाशित हुने द हिमालयन टाइम्स, राइजिङ नेपाल, काठमाडौँ पोष्टमा समेत लेख तथा स्तम्भहरु प्रकाशन गर्दै आउनुभएको छ ।

२०३४ सालमा भोजपुरमा जन्मिएका डा. बस्नेतले एसएलसी भोजपुरबाटै उतिर्ण गर्नुभयो । हाल उहाँ काठमाडौको चन्द्रागिरी नगरपालिका वडा नं. १५ मा बस्दै आउनुभएको छ । अनुसन्धानकर्ता तथा अधिबक्ताको रुपमा समेत परिचित डा. बस्नेतका मानव अधिकार सम्बन्धी कानुनमा दुइतीन वटा पुस्तकहरु प्रकाशन हुने तयारीमा छन् । अक्सफोर्ड युनिभर्सिटी प्रेसबाट उहाँका पुस्तकहरु छिट्टै प्रकाशित हुने भएका छन् ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्