पदमा हुँदा नहुदा पनि पूर्व मेयर चन्द जनतालाई समस्या पर्दा जनताकै माझमा 

साथै मेयर चन्दले प्राकृतिक प्रकोप नियन्त्रण र रोकथाम गर्न सरकारी निकायले मात्र नहुने भएकाले त्यसमा सबैको सहयोगको आवश्यक पर्ने बताउनु भएको छ । उक्त धार्मिक पर्यटकिय क्षेत्रको तत्काल भू–क्षय नियन्त्रण गर्न आवश्यक सक्दो स्वैच्छिक सहयोग गरि दिन स्थानीय निर्माण व्यवसायीहरुलाई हार्दिक अपिल गर्नुभएको छ । बिशेश गरि स्काईभेटर मेसिन, जेसिभि मेसिन लगायत अन्य निर्माण उपकरण भएका निर्माण व्यवसायीहरुलाई बिशेश रूपमा हार्दिक अपिल गर्नुभएको छ ।

धार्मिक पर्यटकिय क्षेत्र शिव लिङ्गेस्वर धाममा हिजो र अस्तिको बगुन खोला ( चुल्लुगाड) नदीले निकै नै भु–क्षय गरेको छ । निर्माणाधिन झोलुङ्गे पुलको पिल्लर भत्काएर बगाएको छ।शिवलिङ्गेस्वरमा रहेका अन्य संरचना पनि बगाएको छ । बगुन सिँचाई कुलोको तारजाली र अन्य संरचना भत्काएको छ । शिव लिङेस्वर परिसरमा रहेका संरचना र सिचाइ कुलो अत्यन्तै जोखिममा रहेको छ ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्