मन्दाकिनी हाइड्रोपावरको आइपीओ बाँडफाँट, तपाइलाई पर्‍यो की परेन ? यसरी हेर्नुहोस् ।

काठमाडौं – मन्दाकिनी हाइड्रोपावर लिमिटेडको साधारण शेयर (आईपीओ) आज दिउँसो बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालय नक्सालमा आईपीओ बाँडफाँट गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको आईपीओ १ लाख ९ हजार ३ सय ६५ जनाले १०–१० कित्ता र ९ जनाले ११–११ कित्ता आईपीओ पाएका हुन् ।

कम्पनीले साउन ९ गतेबाट १२ गतेसम्म प्रतिकित्ता रु. १०० अंकित ११ करोड ७६ लाख ७ हजार ३०० रुपियाँ बराबरको आईपीओ निष्काशन गरेको थियो । आईपीओका लागि १६ लाख १० हजार ९ सय २६ जनाले १ अर्ब ८० करोड ८१ लाख १८ हजार रुपियाँ बराबरको आवेदन परेको थियो । इच्छुक लगानीकर्ताले १ करोड ८० लाख ८१ हजार १८० कित्ताका लागि आवेदन दिएका थिए ।

रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस् 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्