बझाङमा अटो दुर्घटना, चालक गम्भीर घाइते

बझाङ  – बझाङको केदारस्युँ गाउँपालिका -९ पौडि बजार नजिकै अटो दुर्घटना भएको छ ।
जयपृथ्वी राजमार्ग अन्तर्गत देउरा बजार बाट झोता तर्फ आइरहेको सु. प. प्र ०१००१ ह ४२८१ नम्बरको अटो पौडि बजार नजिकै चमनचौरमा दुर्घटना भएको हो ।

केदारस्युँ गाउँपालिका- १ बस्ने अटाे चालक ३२ बर्षिय दिल बहादुर बाेहरा गम्भीर गाईते भएका छन भने अटाेमा सवार केदारस्युँ गाउपालिका वडा न ९ बस्ने ५१ बर्षिय डम्बर खातीलाई भने चाेट पटक नलागेकाे अस्थायी प्रहरी पोष्ट झोताका प्रहरी बरिष्ठ हवल्दार कमान बहादुर कार्कीले बताए ।

उनका अनुसार गम्भीर घाइते भएका अटाे चालक बाेहरालाई उपचारकाे लगि केदारस्यूँ गाउँपालिका – १ देउरा लगिएकाे थियाे र टाउकाेमा गहिराे चाेट लागेकाले थप उपचारकाे लागि डडेल्धुरा रिफर गरिकाे छ । अटो सडकबाट करिब १० मिटर तल खसेको र दुर्घटनाको कारण भने खुलेको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्