भारतको धौलीगंगा जलविद्युत परियोजनाको ड्याम खोलिने, महाकाली नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन दार्चुला प्रशासनको आग्रह

File Photo

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदीमा पानीको बहाव बढ्ने भएपछि सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको ड्याम साइटमा सिल्ट फ्लशिंगको कार्य हुने र उक्त कार्यको लागि बाँधको ढोका खोल्ने भएकाले नदीमा पानीको सतह बढ्ने भएको हो । महाकाली जलाधारका केही स्थानमा आज राति भारी वर्षा हुने र बाँधको ढोका समेत खोलिने भएपछि नदी तटीय क्षेत्रमा पानीको सतह बढ्ने दार्चुला प्रशासनले जनाएको छ । प्रशासनले भोली विहान ५ बजे देखि तटीय क्षेत्रमा सावधानी अपनाउन समेत आग्रह गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्