फेरी बढ्न थाल्यो कोरोना संक्रमण दर, दुई सातामै चार गुणा बढ्यो

काठमाडौं – पछिल्ला केही दिनयता कोरोना संक्रमणको ग्राफ उकालो लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार एन्टीजेन र पीसीआर गरी १ हजार ६ सय २० नमुना परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भयो । जुन कुल परीक्षणमध्ये ३ दशमलव ४६ प्रतिशत हो ।

१ असारमा संक्रमणदर ० दशमलव ६४ प्रतिशत मात्र थियो । दुई सातामै कोरोना संक्रमणको दुईसातायता झण्डै चार गुणाले बढेको देखिन्छ ।

साप्ताहिक तथ्यांक विश्लेषण गर्दा नेपालमा कोरोना भाइरसको संक्रमणदरसँगै संक्रिय संक्रमितको संख्या विस्तारै उकालो लागेको देखाउँछ । ७ असारमा १२४ सक्रिय संक्रमित रहेकोमा बुधबारसम्म आइपुग्दा २६१ पुगेको छ ।

क्रमशः संक्रमण उकालो लाग्नुको मुख्य कारण खोप लगाएको मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्दै जानु र भारतमा बढ्दो संक्रमणको प्रभाव रहेको विज्ञहरु बताउँछन् । यसले अर्को नयाँ महामारीको लहर ल्याउँछ कि ल्याउन्न भन्ने थाहा पाउन केही हप्ताको तथ्यांकलाई हेर्नुपर्ने उनीहरुको तर्क छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्