आइसीसीको टोली नेपालमा

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाल क्रिकेट संघ क्यानमाथिको निलम्बन पूर्णरुपले फुकुवा भएको औपचारिक जानकारी गराएको छ ।

नेपाल भ्रमणमा रहेका आईसीसीका प्रतिनिधिहरुले क्यान माथिको सम्पूर्ण निलम्बन फुकुवा भएको जानकारी गराएका हुन् ।

आईसीसीले गत जेठ ३१ गते क्यानमाथिको आर्थिक प्रतिवन्ध पनि फुकुवा गरेको थियो । आईसीसीका डेभलपमेन्ट उपाध्यक्ष इमरान ख्वाजाको नेतृत्वमा रहेको टोलीले शनिबार नेपाली खेलकुदका उच्च पदस्थ व्यक्तिहरुसँग भेटवार्ता गरेको छ । नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीसँगको भेटमा टोलीले आगामी दिनमा नेपालको क्रिकेट विकासका लागि आईसीसी थप प्रतिवद्ध रहेको जानकारी दिए ।

शनिबारै आईसीसीका प्रतिनिधिले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वर जंग गहतराजसँग पनि छलफल गरेको थियो । भेटवार्तामा ख्वाजाले नेपाली क्रिकेटको विकासका लागि ठूला राष्ट्रलाई नेपालमा बोलाएर खेल खेलाउने वातावरण सृजना गर्नुपर्नेमा जोड दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्