नेपाली कांग्रेसका महामन्त्रीद्वय थापा र शर्मा निर्वाचन आयोग जादै, विदेशमा रहेका नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था मिलाउन आयोगको ध्यानाकर्षण गराउने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपालीहरुलाई पनि मताधिकारको व्यवस्था मिलाउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै छन् । आयोगका प्रमुख आयुक्त दिनेश प्रसाद थपलियालाई भेटेर ध्यानाकर्षण गराइने उनीहरुले बताएका छन् ।

मंगलबार बिहान ११ बजे निर्वाचन आयोगका प्रमुख आयुक्तलाई भेट्ने समय तय भएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी गराए ।

विदेशमा बस्ने नागरिकको मताधिकार, मतदातामा नामावली दर्ता गर्दा नागरिकले पाएका समस्या लगायतका विषयमा कुरा गरिने शर्माले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्