शिक्षक सेवा आयोगको सर्भरमा समस्या, प्रवेश पत्र प्रिन्ट तथा अनलाईन दरखास्त दिन समस्या

काठमाडाैं- शिक्षक सेवा आयोगको सर्भरमा समस्या देखिएको छ । आयोगले प्रकाशन गरेको माध्यमिक तहको अध्ययन अध्यापन अनुमति पत्रको यहि असार १८ गते हुन गईरहेको लिखित परीक्षामा सहभागी हुनेले सर्भर समस्याका कारण प्रवेश पत्र प्रिन्ट गर्न पाइरहेका छैनन् । साथै निम्म माध्यमिक तहको अध्ययन अध्यापन पत्रको अनलाईन फारम भर्न समेत समस्या भएको छ ।

आयोगका उप सचिव सुदर्शन मरहठ्ठाले एक विज्ञप्ती जारी गर्दै सर्भरमा समस्या देखिएको जानकारी दिएका छन् । विज्ञप्तीमा अध्यापन अनुमतिपत्रका लागि माध्यमिक तहको प्रवेशपत्र प्राप्त गर्न र निम्न माध्यमिक तहको अनलाईन दरखास्त दिन प्रयोग भइरहेको शिक्षक सेवा आयोगको TSC Job portal license.tsc.gov.np मा यहि असार ५ गते बिहान करिब १० बजेबाट प्राविधिक समस्या आएको कारणबाट यसको प्रयोगमा बधा भइरहेको जानकारी दिएका छ ।

यसमा देखिएको समस्या समाधानमा प्राविधिकहरु खटिरहेको हुदा समाधान नुहँदासम्म धैर्य गर्न सबैमा अनुरोध समेत गरेको छ । साथै यसबाट पर्न गएको असुविधाप्रति आयोगले दुःख व्यक्त समेत गरेको छ । इच्छुक योग्यता प्राप्त व्यक्तिहरुले दरखास्त दिन पाउने गरी समयको व्यवस्थापन हुने समेत सबैमा सूचित गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्