भारतले दक्षिण अफ्रिकालाई ८२ रनले हरायो, अन्तिम खेल बेङ्गलोरमा भोलि आइतवार हुने

काठमाडाैं – भारतले चौँथो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिकालाई ८२ रनले पराजित गरेको छ । जितसँगै भारतले पाँच खेलको शृङ्खलामा २–२ को बराबरी गरेको छ । गएराति भएको खेलमा भारतले दिएको एक सय ७० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १६ ओभर ५ बलमा ८७ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका रस्सी भान डेर डुसेनले २० र क्विनटन डी ककले १४ रन बनाए । भारतका आभेश खानले चार र युजभेन्द्र चाहलले दुई विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर एक सय ६९ रन बनाएको थियो । भारतका दिनेश कार्तिकले ५५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै हार्दिक पाण्डेयले ४६ रन बनाए । दक्षिण अफ्रीकाका लुङ्गी एनगिडीले दुई विकेट लिए । पहिलो खेल दक्षिण अफ्रिकाले सात विकेट र दोस्रो खेल चार विकेटले जितेको थियो । तेस्रो खेल भारतले ४८ रनले जितेको थियो । पाँचौँ तथा अन्तिम खेल बेङ्गलोरमा भोलि आइतवार हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्