पहिरोमा परि सासु–बुहारीको ज्यान गयो, पशुचौपायासमेत पुरिएको अनुमान

FILE PHOTO

काठमाडाँै – पहिरोमा परेर ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा सासु बुहारीको ज्यान गएको छ ।

गएराति घर माथिबाट खसेको पहिरोमा पुरिएर सासु तुलसा अधिकारी र बुहारी यशोदा अधिकारीको ज्यान गएको सिरीजङ्घा गाउँपालिकाका उपाध्यक्ष डाक्टर चित्रकुमार लिम्बुले जानकारी दिए । उनले दिएको जानकारी अनुसार पहिरोमा परेर हराइरहेका उनीहरुको पुरिएकै अवस्थामा शव भेटिएको हो ।

यशोदाका श्रीमान् विष्णु अधिकारीले भने भागेर ज्यान जोगाउन सफल भएका छन् । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ । पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायासमेत पुरेको अनुमान गरिएको छ ।

यस्तै, पहिरोका कारण वडा नम्बर ६ का केही घरमा पनि नोक्सानी भएको छ । सिरीजङ्घा गाउँपालिकाको वडा नम्बर ६ र ७ पहिरोको उच्च जोखिममा रहेको उपाध्यक्ष लिम्बुले बताए । पहिरोका कारण यी दुई वडाका १०÷१५ परिवार विस्थापित भएका उनले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्