पहिरोमा पुरिएर दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको सिरीजंघा गाउँपालिका–७ खेवाङमा गएराति झरेको पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन् ।

राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर तुलसा अधिकारी र यशोदा अधिकारी बेपत्ता भएका हुन् । तुलसा सासु र यशोदा बुहारी हुन् । यशोदाका श्रीमान् विष्णु अधिकारी भने भागेर ज्यान जोगाउन सफल भएको स्थानीय लक्ष्मण अधिकारीले जानकारी दिए ।

पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ । नजिकै रहेका पशुचौपायसमेत पुरेको छ । क्षतिको थप विवरण आउन बाँकी छ । अत्यधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठुल्ठूला पहिरो झरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्