प्रथम हाइली एसईई कप २०७९को उपाधी अर्किड स्कुललाई

काठमाडौँ – हाइली स्कुलले आयोजना गरेको प्रथम हाइली एसईई कप (छात्र) २०७९को उपाधि गोठाटार स्थित अर्किड स्कुलले जितेको छ । गोठाटारमा रहेको हाइली स्कुलको मैदानमा भएको खेलमा अर्किड प्युपल सेकेण्डरी स्कुलले बाल गिताञ्जलीलाई लाई २ गोल अन्तरले हराउँदै उपाधी हात पारेको हो ।

अर्किडका टिम क्याप्टेन सितल कार्कीले २७ औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता लिएका थिए भने खेलको ३६औँ मिनेटमा योगेश विष्टले दोस्रो गोल गर्दै जित सुनिश्चितता गरेका हुन् । अर्किडले उपाधि जितेसँगै प्रतियोगिताको ट्रफि, मेडल तथा नगद पुरस्कार समेत प्राप्त गरे । खेलमा शितल कार्की म्यान अफ दि म्याच घोषित भए भने अमन कार्कीले वेष्ट किपरको उपाधि पाए । बेष्ट कोचको उपाधि दिल कुमार तामाङले पाएका छन् । तामाङ अर्किडका खेल शिक्षक समेत हुन् । खेलमा जम्मा २२ टिमको सहभागिता रहेको थियो ।

अर्किडले समय–समयमा हुने खेलहरुका उपाधि जित्दै आएको छ । अर्किडका विद्यार्थीहरु पठनपाठनसँगै अन्य क्रियाकलापहरुमा समेत अब्बल रहेका छन् । अर्किडले विद्यार्थीहरुको चौतर्फी विकासको लागि विभिन्न समयमा विभिन्न कार्यक्रमहरुको आयोजना समेत गर्दै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्