दार्चुलाको शैल्यशिखर–६ मा एक पुरुष मृत फेला, अनुसन्धान गर्दै प्रहरी

सांकेतिक तस्बिर

दार्चुला – दार्चुलामा एक जना पुरुष मृत फेला परेका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ पनेबाँजमा एक पुरुष मृत फेला परेका हुन् ।

महाकाली लोकमार्गको गोकुलेश्वर दार्चुला सडक खण्डको चैतलीचौर नजिक शैल्यशिखर– ६ का ५५ बर्षिय जय सिंह धामी मृत फेला परेको प्रहरीले जनाएको छ । शुक्रबार बेलुकीदेखि हराएका धामी आज विहान स्थानीयले खोजी गर्दा मृत फेला परेका हुन । आफै घर जाने बाटो धामीको शव फेला परेको प्रहरीले जनाएको छ ।

घट्ना स्थलमा इलाका प्रहरी कार्यालय गोकुलेश्वर र मालिकार्जुन प्रहरी चौकीे टोलीले मुचुल्का तयारी पारि शव पोष्टमार्टमाको लागी गोकुलेश्वर अस्पताल लगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । शरिरमा कुनै पनि चोटपटक नरहेका धामीको मृत्यु कसरी भयो भन्ने बारे यकिन नभएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्