प्रहरीमा एसएसपी बढुवाको तयारी, रिक्त ३१ सिटमा बरियताको पहिलो नम्बरमा एसपी दिल्लीराज विष्ट

काठमाडौं – नेपाल प्रहरीमा बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवाका लागि तीब्र प्रतिस्पर्धा भएको छ । प्रहरीको माथिल्लो तह एसएसपीबाट डिआइजीमा बढुवा सँगै एसएसपीमा ३१ सिट रिक्त हुँदै छन्। रिक्त एसएसपी पदमा बढुवा सूचिमा २०५१ सालमा नेपाल प्रहरीमा प्रहरी निरीक्षकमा नियुक्ति भएका एसपी दिल्लीराज विष्ट बरियता सूचिको पहिलो नम्बरमा रहेका छन् । नेपाल प्रहरीमा भर्ना भई विशेष प्रहरीमा नियुक्ति भएर पुनः नेपाल प्रहरी आएका एसपी गणेश चन्द र २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा नियुक्ति भई सेवा परिवर्तन गरेर आएका र २०५४ सालमा नेपाल प्रहरीमा भर्ना भएका एसपीहरु प्रतिस्पर्धाको सूचिमा रहेका छन् । जसमा सिद्धि बिक्रम शाह, माधव कुमार श्रेष्ठ, डम्बर बहादुर विक, उमा चतुर्वेदी, ओम बहादुर राना, सुरेन्द्र गुरुङ, हिमालय कुमार श्रेष्ठ, विमल बस्नेत, राजन अधिकारी, ईश्वर कार्की, मनोज कुमार केसी, दान बहादुर कार्की, रेवती ढकाल, दिनेश आचार्य, अरुण पौडेल, राजेन्द्र प्रसाद भट्ट, मनोज कुमार यादव, किशन सिंह थापा, गोविन्द थपलिया, सुदर्शन कोइराला, विनोद घिमिरे, जिवन कुमार श्रेष्ठ, दिपक रेग्मी, दिपक कुमार बस्नेत, जयराम सापकोटा, शारदा प्रसाद चौधरी, लोकेन्द्र श्रेष्ठ, दिपेन्द्र जिसी, रामेश्वर यादव, दिलीप सिंह देउवा, संजिव शर्मा लगायत रहेका छन्।

२०५१ साल चैत्र ५ गते नेपाल प्रहरीमा सेवा प्रवेश गरेका विष्ट २०७२ सालमा एसपीमा बढुवा भएका थिए। बढुवाको प्रतिस्पर्धामा रहेका एसपीहरु २०५३ सालमा र २०५४ सालमा सेवा प्रवेश गरको र २०७४ सालमा एसपीमा वढुवा भएका हुन्।

इन्सपेक्टर र डिएसपी पदमा कार्यरत रहँदा एसपी विष्ट चुनौतीपूर्ण स्थानहरुमा काम गरिसकेकोले कार्य दक्षतामा राम्रो भएको इमान्दार अधिकृत मानिन्छन् । हरेक कार्य क्षेत्रमा पुरस्कृत हुँदै आएका एसपी विष्ट कञ्चनपुर जिल्लामा कार्यरत हुँदा उहाँमाथि भ्रम, अफवाह र झुठ्ठा आरोप लगाएर कारवाही गरेको कुरा अदालतको फैशलाले समेत पुष्टि गरेकको छ। “भ्रम अफवाहको पछि लागेर हुदैँ नभएको मनगढन्ते कुराहरुलाई लिएर आफ्नो कर्तव्य पालनामा खटेका र राष्ट्रको सेवामा रगत पसिना बगाएका जिम्मेवार प्रहरी अधिकृतहरु उपर निजहरुको मान प्रतिष्टा र बृति विकासमै गम्भीर असर पर्ने गरी अभियोजन गरेको देखिन्छ।,” अदालतको उक्त फैसलाबाट पनि भ्रम अफवाह को भरमा वास्तविकता नबुझी कारवाही भएको प्रष्ट देखिन्छ। उनी २०७५ सालमा नै एसएसपी बढुवाको प्रतिस्पर्धामा रहेका थिए।

भ्रम र अफवाहको वास्तविकता बुझ्न नसकी तत्कालिन केन्द्रिय प्रहरी नेतृत्वले जिल्ला प्रहरी कार्यालयले गरेको असल कार्यको अडान लिन र प्रतिरक्षा गर्न नसक्दा बिना कारण पीडित हुनु परेको थियो । विभिन्न निकायहरुबाट भएको अनुसन्धान तथा अदालतको फैसलापछि उहाँ पुनः सेवमा फर्केका थिए । बिना कारण अफवाह र भीडको भावनामा बहकिएर कारवाही गर्दा उनको वृति विकासमा गम्भीर असर परेको कुरा अदालतको २०७७ साल साउन २३ गरेको फैशलामा उल्लेख गरिएको छ।

अदालतको फैसलामा स्पष्ट शब्दमा भनिएको छ – “अफवाहको पछि लागेर हुदैँ नभएको मनगढन्ते कुराहरुलाई लिएर आफ्नो कर्तव्य पालनामा खटेका र राष्ट्रको सेवामा रगत पसिना बगाएका जिम्मेवार प्रहरी अधिकृतहरु उपर निजहरुको मान प्रतिष्टा र बृति विकासमै गंभिर असर पर्ने गरी अभियोजन गरेको देखियो । केहि बर्ष अगाडी अमेरिकामा २० बर्षभन्दा बढी जेलमा रहेका एक अभियुक्तलाई माथिल्लो अदालतले निर्दाेश ठहराएपछि तत्कालिन राष्ट्रपति बाराक ओवामाले सो मुद्दामा अध्ययन, अनुसन्धानको क्रममा गम्भिर त्रुटि भएको भनि राज्यको तर्फबाट सार्वजनिक रुपमा माफी मागेको कुरा सञ्चारमाध्यमहरुमा देखिएको थियो । कर्तव्य पालनमा खटिएका र कानुन बमोजिमको जिम्मेवारी बहन गरिरहेका व्यक्तिहरु उपर बजारु हल्ला र तथ्यहिन प्रतिवेदन तथा पुष्टि नहुने झुट्टा एवं मनगढन्ते कुराका आधारमा आफ्नै प्रहरी अधिकृत उपर अभियोजन गर्ने गर्न निर्देश गर्ने व्यक्तिहरुले उक्त अमेरिकन राष्ट्रपतिले गरेको व्यवहारको मनन र अनुसरण गर्न सक्नु पर्दछ । तब मात्र राष्ट्रसेवकले उच्च मनोबल र आत्मसम्मानका साथमा कर्तव्य पालनमा खट्न सक्ने हुन्छ ।”

इन्सेपक्टर र डिएसपी पदमा कार्यरत हुदा विषम परिस्थितिमा चुनौतीपूर्ण स्थानहरुमा दक्षतापूर्वक काम गरि सकेको र हरेक कार्य क्षेत्रहरुमा पुरस्कृत समेत भएका विष्ट हाल बढुवाको पहिलो बरियतामा रहेका छन्। बिना कारण पिडित हुनु परेको र अदालतको स्पष्ट फैसलाको समेत मनन गरेर उनको मनोबलका साथै समग्र प्रहरी प्रशासनको मनोबल सम्बन्धित भएकोले पहिलो प्राथमिकतामा रहेको देखिन्छ।त्यसपछि बढुवाको अग्र बरियतामा एसपी गणेश चन्द लगायत २०५३ सालमा नियुक्ति भएका तथा २०५४ सालमा नियुक्ति भएका एसपीहरूको बीचमा कडा प्रतिस्पर्धा देखिन्छ। एसपी दिल्लीराज विष्ट २०७२ सालमा बढुवा भएका र प्रतिस्पर्धामा रहेका अरु एसपीहरु २०७४ सालमा एसपी पदमा बढुवा भएका हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्