सुदूरपश्चिमका २ नगर हाक्ने जिम्मा महिलालाई

काठमाडौँ – स्थानीय तह निर्वाचन २०७९ अन्तरगत गत वैशाख ३० गते भएको मतदानको परिणाम सार्वजनिक भएसँगै जनताहरुले नयाँ जनप्रतिनिधि पाएका छन् । यी मध्ये सुदूरपश्चिम प्रदेशका २ नगरपालिका हाक्ने जिम्मेवारी महिलाले पाएका छन् । कैलालीको लम्कीचुहा नगरपालिका र अछामको पञ्चदेवल विनायक नगरपालिकामा महिला उम्मेदवार विजयी भएका छन् । उनीहरुले विभिन्न योजनासहित पाँच वर्षे कार्यकाल सम्पन्न गर्ने बनाएका छन् । कैलालीको लम्कीचुहा नगरपालिकामा नेपाली काँग्रेसकी सुशिला शाहीले नगरको नेतृत्व गर्ने अवसर पाइन् भने अछामको पञ्चदेवल विनायकमा नेपाली काँग्रेसकी अम्बिका चलाउनेले नगर हाक्ने अवसर पाइन् । २०७४ को स्थानीय तहको निर्वाचनमा उपप्रमुख भएकी चलाउने अहिले प्रमुखमा निर्वाचित भएकी हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्