पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा पुनः लामा निर्वाचित

काठमाडौँ – सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको अध्यक्षमा पुनः टासी लामा ह्योल्मो निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार टासी लामा ५,६०८ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) उम्मेदवार दोर्जे स्याङ्बो तामाङलाई १,५६३ मतान्तरले पराजित गरेका हुन् । पराजित दोर्जे स्याङ्बो तामाङले ४,०४५ मत ल्याएका छन् ।

यस्तै उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुनिता अधिकारी ५,७२२ मत सहित विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गंगाकुमारी चापागाईले ४,३९३ मत ल्याएकी छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्