अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्ला रूकुम पश्चिमको मुसिकोटमा काँग्रेस विजयी

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्ला रूकुम पश्चिमको मुसिकोट नगरपालिकाको मेयरमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका महेन्द्र केसी ६ हजार ९ सय १४ मतसहित विजयी भएका हुन् । केसीले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बसन्तकुमार शर्माले ६ हजार ९ सय १ मत ल्याएका छन् ।

यस्तै, उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विमलकुमार पुन मगर ६ हजार १ सय ४० मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले थलबहादुर ओलीले ५ हजार ९ सय ८५ मत ल्याएका छन् ।

मुसिकोटामाम एमाले–काँग्रेस भर्सेस माओवादी–समाजवादीको गठबन्धन थियो । एमाले–काँग्रेस गठबन्धनबाट प्रमुखमा केसी र माओवादी–समाजवादी गठबन्धनबाट उपप्रमुखमा पुन निर्वाचित भएका हुन् । १४ वडा रहेको मुसीकोटका ८ वडा माओवादीले जित्दा ६ वडा काँग्रेसले जितेको छ ।

०७४ ‘रुकुम पश्चिम’ का ६ पालिका ‘क्लिन स्वीप’ पारेको माओवादी केन्द्रले यसपटक दुई पालिका गुमाएको छ । मुसिकोटसँगै बाँफिकोट गाउँपालिकामा पनि काँग्रेसका जनक कुमार बाँठा विजयी भएका छन् । उपाध्यक्षमा भने माओवादी केन्द्रका तारा बुढा केसी निर्वाचित भए ।

काँग्रेसबाट निर्वाचित बाँठाले ४४५५ र माओवादीका चन्द्रबहादुर केसीले ४४२४ मत ल्याएका छन् । उपाध्यक्षमा ताराबुढाले ४५६० र काँग्रेसी नन्दाकुमारी केसी नाथले ४१६० मत ल्याएकी छिन् । पालिकामा रहेका १० वटा वडा मध्ये माओवादी केन्द्रले ८ वटा वडा जितेको छ भने २ वटा वडा काँग्रेसले जितेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्