नयाँ सिस्टम सहित आइतबारबाट लाइसेन्स आवेदन खुल्ने, भुक्तानी पनि अनलाइनबाटै

काठमाडौँ – यातायात व्यवस्था विभागले आगामी आइतबारदेखि अनलाइन भुक्तानी प्रणाली सहित नयाँ अनलाइन लाइसेन्स आवेदन खुलाउने भएको छ ।

पुरानो झन्झटिलो सिस्टमलाई हटाएर दैनिक १५ हजार आवेदन क्षमता थेग्न सक्ने अनलाइन सवारीचालक अनुमति पत्र प्रणाली ल्याउने भएको हो ।

काठमाडौं तथा देशैभरका यातायात कार्यालयहरुले अगामी बैशाख मसान्तसम्म सबै पेन्डिङ आवेदकको परीक्षा लिने गरी ट्रायल परीक्षा लिइसकेका छन ।

विभागले बैशाख भित्र बायोमेट्रिकको लागि यातायात कार्यालय नजाने आवेदकको आवेदन खारेज गरिसकेको छ । यातायात विभागले जेठ ४ गतेबाट आवेदन खुलाउने तयारी गरेपनि सिस्टममा प्रविधिक समस्या र अनलाइन पेमेन्टको काम पुरा नभएकाले दोस्रो हप्ता पुर्याएको हो ।

यातायात विभागका इन्जिनियर सन्तोष पोखरेलले सिस्टममा समस्या नआए अगामी आइतबारसम्म अनलाइन आवेदन खुलाउने तयारी भएको जनाकारी दिए ।

आवेदकले दिएको आवेदनमा कुनै क्रुटि भएमा सेवाग्राही आफैले लगइन गरेर आफनो डेटा सच्याउन पाउने छन् । अनलाइन लाइसेन्स आवेदन सिस्टममा मोबाइल नम्बर तथा लाइसेन्स नम्बरबाट लगइन गर्न सकिन्छ । लगइन भइसकेपछि ड्यासबोडमा जान्छ र सेवाग्राहीले संघीयता अनुसार आफ्नो व्यक्तिगत विवरण भर्नु पर्नेछ ।

नागरिकता तथा डक्युमेन्ट समेत सिस्टममै अपलोड गर्न सकिनेछ । यदि गृहमन्त्रालयमा भएको नागरिकता अनुसार डेटा नभएको खण्डमा यातायात कार्यालयमा गएर नाम रुजु गराउनु पर्छ ।

नाम तथा आफ्नो व्यक्तिगत विवरण सच्याउनै कै लागि कार्यालय पुग्नुपर्ने र राजश्व तिर्न लाइन लाग्नु पर्ने बाध्यता हट्ने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्