दार्चुलाको लेकम–५ मा एमालेका बल्देव बोहरा निर्वाचित

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ मा एमालेका बल्देव सिंह बोहरा प्यानल सहित निर्वाचित भएका छन् । उनले ठूलो मतान्तरले गठबन्धनका उम्मेदवारलाई पराजित गरेका छन् । बोहराले ६४२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी गठबन्धनका उम्मेदवारले २७४ मत प्राप्त गरेका छन् । यस अघि एमालेले वडा नं. १ र वडा नं. ३ मा प्यानल सहित जित हासिल गरेको छ । वडा नं. २ र वडा नं. ४ मा भने गठबन्धनका उम्मेदवार शिवराज जोशी र महेन्द्र जोशी निर्वाचित भएका छन् । वडा नं. ६ को मत गणना सुरु गरिएको छ ।

यस्तै गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार रामदत्त जोशी आरडी ले अग्रता कायमै राखेका छन् भने उपाध्यक्षमा एमालेकी माधवी जोशीले अग्रता कायम गरेकी छिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्