बाजुराको स्वामिकार्तिक खापर गाउपालिकामा काँग्रेसको प्यानल सहित बिजयी

देबराज पाध्याय
बाजुरा – बजुरा जिल्लाको स्वामिकार्तिकखापर गाउपालिकामा नेपाली कांग्रसका अध्यक्ष र उपाध्यक्षका दुबै उम्मेदवार बिजयी भएका छन् ।नेपाली कांग्रेस बाट अध्यक्ष पदका उम्मेदवार भरत बहादुर रोकाया र उपाध्यक्ष पदका उम्मेदवार मैना देबी जोशी बिजयी भएकी छन् । रोकायाले २ हजार ११ मत ल्यायर बिजयी भएका छन् भने उनका निकतम पतिद्धन्दी ने क पा एमालेका चतुरभुज शाहीले १७ सय ५७ मत ल्यायर पराजय भएका छन् । ने क पा एकिकृत समाज बादी का चिरन्जीबी शाहीले १२ सय ८२ र स्वतत्र उम्मेदवार बिमल बहादुर शाही ले ३१ मत ल्यायका छन् ।
त्यस्तै निर्बाचित उपाअध्यक्ष मैना देबि जोशीले १८ सय १० मत ल्यायर बिजयी भयकी छन् । उनकी निकतम प्रतिद्धन्दी ने क पा एमालेकी सुलोचना भण्डारी बुढाले १६ सय ३७ मत ल्याएर पराजय भयकी छन् ।त्यस्तै माओबादी केन्द्रका सुरेस बहादुर रोकाया १२ सय १३ र स्वतत्र उम्मेदबार बिर सिंह बि क ले ४१ मत ल्यायर पराजित भएका छन् । रोकाया र जोशी दुबै जना २०७४ सालको स्थानिय चुनाबमा नेपाली कांग्रेसबाट पराजित भएका थिय ।
सोही गाउपालिकाको वाड न १ बाट नेक पा माओबादीका उम्मेदवार अजय बहादुर बि क बिजयी भएका छन् वाड न २ बाट नेपाली कांग्रेस का बिस्नु बहादुरा वाड न.३ बाट ने क पा एमाले का प्रेम बहादुर कटेल वाड न ४ बाट नेपाली कांग्रेका प्रेम सिंह धामी र वाड न५ बाट नेपाली कांग्रसका अम्मर बहादुर सिंह बिजयी भयका छन् ।
अध्यक्षमा निर्बाचित रोकाया नेपाली कांग्रेस जिल्लाकार्य समिति सचिब समेत रहेका छन् । यस अघि यस गाउपालिकामा ने क पा एमाले ले बाट चिरन्जीबी शाही ले जितेको हो अििहले शाही भने एकिकृत समाजबादी तर्फ गयर कम्म्युनिष्टको लाल किल्ला भत्कीएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्