उद्योग मन्त्री बडूको गृह नगर महाकालीमा एमालेको सानदार जीत

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूको गृह नगरमा नेकपा एमालेले भारी मतका साथ जीत हासिल गरेको छ । दार्चुलाको महाकाली नगरपालिकामा नेकपा एमालेले लोकप्रिय मतका साथ जित हासिल गरेको हो । नगर प्रमुखमा एमालेका नरसिंह चैसिरले ५ हजार १३ मत पाए भने उनका निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसका हंसराज भट्टले ३ हजार ८ सय ८७ मत पाए । भट्ट २०७४को स्थानीय तहको निर्वाचनमा चैसिरलाई पछाडी पार्दै विजयी भएका थिए । तर अहिले नतिजा ठिक उल्टो भएको छ । महाकाली नगरपालिका पूर्व मन्त्री गणेश ठगुन्नाको पनि गृहनगर हो ।

यस्तै उपप्रमुखमा एमालेकी दुर्गा विष्टले जीत हासिल गरेकी छिन् । उनले ४ हजार ६ सय २६ मत पाए भने उनका निकटम प्रतिद्वन्दी नेपाली काँग्रेसकी सुना बोहराले ४ हजार १ सय ८२ मत पाए । यस्तै नेकपा एमाले बहुमत वडा सदस्य सहित नगर कार्यपालिकामा आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्