बैतडीमा ११३ वर्षीया बृद्धाले गरिन् मतदान

बैतडी – बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छन् । पाटन नगरपालिका–४ स्थित उदयदेव आधारभूत विद्यालय मतदान केन्द्रबाट ११३ वर्षीया मानमती भट्टले मतदान गरेकी हुन् ।

मतदान केन्द्रमा उनले पहिलो मत हालेर मतदानको उद्दघाटन गरेको उनका छोरा समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताए । देशमा बलियो व्यवस्था र स्थानीय ठाउँको विकास होस् भनेर आफूले मतदान गरेको भट्टले बताइन्। बैतडीमा ४ सय ४० जनप्रतिनिधि छान्नका लागि मतदान भईरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्