कञ्चनपुरमा ३५ प्रतिशत मत खस्यो

धनगढी – कुल ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा ३५ प्रतिशत मतदाताले मतदान गरिसकेका छन्। कुल २ लाख ९५ हजार ३५४ मतदातामध्ये मतदान सुरु भएको ३ घण्टाको अवधिमा झण्डै ३५ प्रतिशतले मतदान गरिसकेको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका निर्वाचन अधिकृत उदयराज जोशीले जानकारी दिए।

जिल्लाका ९ वटै स्थानीय तहमा मतदाताको उल्लेख्य सहभागिता देखिएको उनले बताए। जिल्लाभित्र शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन अधिकृत जोशीले बताए। अहिलेकै अवस्थामा मतदान हुने हो भने ५ बजेभन्दा अगाडि नै मतदान सम्पन्न हुने निर्वाचन कार्यालयले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्