आईपीएल : कोलकाताले मुम्बईलाई ५२ रनले हरायो

काठमाडाैँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई ५२ रनले हराएको छ । गएराति भएको खेलमा कोलकाताले दिएको दिएको १ सय ६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७ ओभर ३ बलमा अलआउट हुँदै १ सय १३ रन मात्र बनाउन सक्यो ।

मुम्बईका इशान किशनले ५१ रनको अर्धशतकीय पारी खेले । कोलकाताका प्याट कमिन्सले ३ तथा आन्द्रे रसेलले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन बनाएको थियो । कोलकाताका नितिश राना र भेन्काटेस एयरले समान ४३ रन जोडे । मुम्बईका जस्प्रित बुम्राहले ५ तथा कुमार कार्तिकेयाले २ विकेट लिए । जितसँगै कोलकाताले १२ खेल १० अङ्क जोडेको छ । कोलकाता अङ्क तालिकाको सातौँ स्थानमा छ । मुम्बई ११ खेलमा ४ अङ्कसहित पुछारमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्