१५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

सांकेतिक तस्विर

उदयपुरमा १५ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा बेलका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश राईलाई प्रहरीले पक्राउ गरेको छ । किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैशाख ७ गते साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका–६ फक्टपुरबाट सोमबार पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएका छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्