आईपीएल : लखनउ सुपर जायन्ट्स शीर्ष स्थानमा

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई हराउँदै लखनउ सुपर जायन्ट्स शीर्ष स्थानमा उक्लिएको छ ।

पुणेमा गएराति भएको खेलमा कोलकातालाई ७५ रनले हराउँदै लखनउ शीर्ष स्थानमा उक्लिएको हो । लखनउले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको कोलकाता १४ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रन मात्रै बनाउन सक्यो । कोलकाताका आन्द्रे रसेलले ४५ रन तथा सुनिल नारायणले २२ रन जोडे ।

लखनउका आभेश खान र जासन होल्डरले ३÷३ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । लखनउका क्विन्टन डी ककले ५० रनको अर्धशतकीय पारी खेले । दीपक होडाले ४१ रन जोडे ।

कोलकाताका आन्द्रे रसेलले २ विकेट लिए । जितसँगै लखनउको ११ खेलमा १६ अङ्क भएको छ । समान खेलमा १६ अङ्क रहेको गुजरात दोस्रो स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्