आईपीएल बैंगलोरद्वारा चेन्नई १३ रनले पराजित

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किंग्सलाई १३ रनले पराजित गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७३ रन बनाएको थियो । १७४ रनको लक्ष्य पछ्याएको चेन्नईले ८ विकेटको क्षतिमा १६० रन मात्र बनाउन सक्यो ।

बैंगलोरका लागि महिपाल लोमरोरले ४२ र कप्तान फाफ डु प्लेसिसले ३८ रन योगदान गरे । विराट कोहली ३० रन बनाएर आउट भए । दिनेश कार्तिक २६ रनमा नविजित रहे । बलिङतर्फ चेन्नईका महेश थिक्षानाले ३ र मोइन अलीले २ विकेट लिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्