आईपीएल : दिल्लीलाई हराउँदै लखनउ दाेस्राे स्थानमा उक्लियाे

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आज आइतवारको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई हराएको छ ।

मुम्बईमा भएको खेलमा लखनउले दिल्लीलाई ६ रनले हरायो । लखनउले दिएको एक सय ९६ रनको लक्ष्य पछ्याएको दिल्लीले सात विकेट गुमाएर एक सय ८९ रन मात्रै बनाउन सक्यो । दिल्लीका लागि ऋषभ पन्तले सर्वाधिक ४४ रन बनाए भने अक्षर पटेलले नटआउट ४२ रन बनाए । बलिङतर्फ लखनउका मोहसिन खानले चार विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लखनउले केएल राहुलको ७७ र दीपक हुडाको ५२ रनको मदतमा एक सय ९५ रन बनाएको थियो । बलिङतर्फ दिल्लीका शार्दुल ठाकुरले तीन विकेट लिए ।

जितसँगै लखनउ १० खेलमा १४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । दिल्ली भने आठ अङ्कसहित छैटौँ स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्