६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ५५ वर्षीय पुरुष पक्राउ

सांकेतिक तस्विर

पर्सा – ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका–१६ बस्ने बारा प्रसौनी गाउँपालिका–५ घर भएका ५५ वर्षीय पलट चौधरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

चौधरीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्