भरतपुर महानगरपालिकाका २९ वटै वडाका कांग्रेस सभापतिहरू गठबन्धनको विपक्षमा

चितवनको भरतपुर महानगरपालिकाका २९ वटै वडाका कांग्रेस सभापतिहरू गठबन्धनको विपक्षमा उभिएका छन् । कांग्रेसको महानगर वडा समितिका सभापतिहरूको आज मङ्गलवार बसेको बैठकले भरतपुर महानगरपालिकाको मेयर कांग्रेसले नपाए सबै वडामा स्वतन्त्र उम्मेदवार खडा गर्ने निर्णय गरेको हो ।

बैठकले चुनावी तालमेलका क्रममा भरतपुर महानगरको मेयर छाड्ने निर्णय केन्द्रबाट भए सबै वडामा विद्रोह गर्ने औपचारिक निर्णयसहितको ज्ञापनपत्र कांग्रेस जिल्ला सभापति राजेश्वर खनाललाई बुझाएको छ ।

स्थानीय नागरिकको भावना विपरीत निर्णय मान्न बाध्य नहुने भरतपुरको वडा नम्बर १५ का कांग्रेस सभापति राजेन्द्र साँखीले बताउनुभयो । केन्द्रले भरतपुरको मेयर अरू पार्टीलाई दिए सबै वडामा कांग्रेसको उम्मेदवार खडा गर्ने र गठबन्धनको निर्णय अस्वीकार गर्ने साँखीको भनाइ छ ।

आजको बैठकमा २५ वडाका सभापतिहरू सहभागी थिए । प्राविधिक कारण अनुपस्थित रहेका अन्य चार वडा सभापतिले पनि निर्णयमा सहमति जनाएका छन् ।

उज्यालो अनलाइनबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्