पोखरा महानगरपालिकामा एमालेबाट मेयरका लागि १२ र उपमेयरका लागि ११ जनाले नाम दर्ता गराए

पोखरा महानगरपालिकामा मेयरका लागि एमालेबाट १२ जनाले र उपमेयरका लागि ११ जनाले नाम दर्ता गराएका छन् । वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि मेयरका लागि १२ र उपमेयरका लागि ११ जनाले नाम दर्ता गराएका हुन् । अघिल्लो चुनावमा पोखरा महानगरमा एमालेका मानबहादुर जिसी निर्वाचित हुनुभएको थियो ।

पोखरा महानगरपालिकाको मेयरमा एमालेबाट दर्शन लामा, पुष्पज्योति ढुङ्गगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालकृष्ण काउछा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीम कार्की, रश्मी आचार्य, प्रा. डा. विश्वकल्याण पराजुली, कृष्ण थापा र राजिब पहारीको उम्मेदवारी परेको छ ।

त्यसैगरी उपमेयरमा सुष्मा पौडेल, शोभामोहन पौडेल, वामदेव ढुङ्गाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, संजिबबहादुर कोइराला, देवका पहारी त्रिपाठी, जीवनप्रसाद आचार्य, बलराम गायक, हरिमाया गुरुङ र बैनबहादुर क्षेत्रीको आवेदन परेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्