शुक्लाफाँटाका क्यान्सर पीडित थापालाई आर्थिक सहयोग

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटाका क्यान्सर पीडितलाई वडा अध्यक्षले आर्थिक सहयोग गरेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा न.८ बेल्डाँडीका जिब्रोको क्यान्सर पीडित दलबहादुर थापाको जीवन रक्षाका लागि शुनपा –८बेल्डाडिका स्थानीयहरुले विभिन्न ब्यक्तित्वहरुसँग सहयोगको अपिल गरि हालसम्म सङकलन गरेको रकम ९१ हजार १ सय ५ रुयैया पीडितको घरमै पुगेर सङकलनकर्ताहरुको उपस्थितिमा वडा नं. ८ का वडा अध्यक्ष बहादुर सिँह महराले चेक हस्तान्तरण गर्नुभएको हो ।

दलबहादुर थापाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोगको समेत अपिल गर्नृुभएको छ । यसैगरी वडा अध्यक्ष महराले नियमानुसारको आफुले पाउने भत्ता बापतको नगद रु ५ हजार समेत क्यान्सर पीडितलाई हस्तान्तरण गर्नुभएकोध छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्