सवारी साधनमा लगाइएको जोर-विजोर प्रणाली हट्यो, फागुन १ गतेदेखि शिक्षण संस्था खुल्ने

FILE PHOTO

काठमाडौं – काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली आजबाट हटाइएको छ । कोरोना नियन्त्रणका लागि निजी गाडी, ट्याक्सी र मोटरसाइकलमा लागू गरिएको जोर–बिजोर प्रणाली आजबाट हटेको हो ।

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको हिजो बसेको बैठकले जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा जोर–बिजोर प्रणाली लागू गरिएको थियो । तर पछि सार्वजनिक बसमा जोर–बिजोर हटाएर ट्याक्सी, निजी गाडी र मोटरसाइकलमा मात्र कायम राखिएको थियो ।

यस्तै शिक्षण संस्था पनि फागुन १ गतेदेखि खुल्ने भएका छन् । १२ वर्षमाथिका बालबालिकाका लागि नियमित कक्षा सञ्चालन गर्ने र १२ वर्षभन्दा कम उमेर समूहका बालबालिकाका लागि आलोपालो दिनमा कक्षा सञ्चालन गर्न सीसीएमसीसीको बैठकले सिफारिस गरेको छ ।

यस्तै रात्रिकालीन व्यवसाय डान्स बार, दोहोरी, नाचघर, क्लब, सिनेमा हल, जिमखाना लगायत फागुन १ गतेदेखि राति १० बजेसम्म सञ्चालनको लागि पनि सीसीएमसीसीले सिफारिस गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्