अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके – अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी नेपालगंज उपमहानगरपालिका–१० भृकुटीनगर बस्ने ३० वर्षीय सौभाग्य मल्ललाई १० वर्षपछि शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

नेपालगंज उपमहानगरपालिका–१ पारिजात मार्ग बस्ने २१ वर्षीय हिमाल बुढालाई २०६७ माघ ३ गते अपहरण गरी बन्धक बनाई मारेको घटनामा फरार रहेका उनी गोरखामा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखासँगको समन्वयमा उनलाई पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्