नियन्त्रित लागूऔषध सहित पक्राउ

महोत्तरी, गौशाला नगरपालिका-९ गौशाला-बिसरपुर सडकबाट सोही नगरपालिका-६ बस्ने १९ वर्षीय गोबिन्द महरा र १९ वर्षीय राजा यादवलाई नियन्त्रित लागूऔषध ३० ट्याब्लेट नाईट्राभेट सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश २-०२-००५ प ४८६१ नम्बरको  मोटरसाइकललाई जाँच गर्नेक्रममा मोटरसाइकल चालक महरा र मोटरसाइकलमा सवार  यादवलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्