डोटीमा शिशुको हत्या गर्नेलाई ४ बर्ष कैद र हत्या गर्न लगाउनेलाई जन्मकैद

डोटी – उच्च अदालत दिपायल राजपुरले शिशु हत्या गर्न लगाएको अभियोग लागेका बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको फैसला सुनाइएको छ । उच्च अदालतका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश जगतबहादुर थापाको संयुक्त इजलासले राजकुमारलाई मुख्य दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।

यसैगरी शिशुको हत्या गर्ने युवतीलाई चार वर्ष कैद हुनेगरी जिल्ला अदालत बाजुराले सुनाएको सजाय उच्च अदालत दिपायल राजपुरले सदर गरेको छ ।
यस घटनामा संलग्न भएको र विषादी जडीबुटी ल्याएर बालकलाई खुवाउन सहयोग गरेको आरोपमा अर्की एक महिलालाई छ महिना कैद सजाय सुनाइएको छ ।

हाडनाता करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाब दिएको अभियोगमा राजकुमारमाथि जिल्ला अदालत बाजुरामा उजुरी परेको तर जिल्ला अदालत बाजुराले अभियुक्तलाई निर्दोष भन्दै सफाइ दिएको थियो । तर उच्च अदालत दिपायल राजपुरले भने राजकुमार दोषी भएको ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।

राजकुमारको बलात्कारपछि गर्भवती भएकी एक युवतीले २०६९ साल जेठ २७ गते शिशु जन्माएकी थिइन् । उनीबाट जन्मिएको बच्चा मारिदिनु भन्दै पटकपटक दबाब दिएपछि युवतीले जन्मेको ३४ दिनमा विषादी खुवाइ आफ्नै सन्तानको हत्या गरेको प्रमाणका आधारमा राजकुमारलाई जन्मकैदको सजाय सुनाइएको उच्च अदालत दिपायल राजपुरले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्