जुम्लामा स्याउ सुपरजोन सञ्चालन समन्वय समिति पुनर्गठन, सरोज शाही संयोजकमा चयन

जुम्ला – जुम्लामा स्याउ सुपरजोन जिल्ला समन्वय समितिको पुनर्गठन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण स्याउ सुपरजोन कार्यालय जुम्ला अन्तर्गत सूुपरजोन सञ्चालन भइरहेका चार वटा पालिका चन्दननाथ, तातोपानी, गुठीचौर र पातारासीका किसानहरू उपस्थित कार्यक्रमबाट युवा किसान सरोज शाहीलाई संयोजकमा चयन गरिएको हो ।

संयोजकमा शाहीसहित नौ सदस्यीय जिल्ला समन्वय समिति गठन गरिएको छ । सदस्यहरूमा बलबहादुर खत्री, कमलराज गिरी, लक्ष्यबहादुर बुढा, कालीबहादुर रावत, धनलक्ष्मी देवकोटा, टीकालक्ष्मी न्यौपाने, रेवती रावल, बलबहादुर भण्डारी चयन भएका छन् ।

सुपरजोन सञ्चालन समन्वय समितिका लागि चारै वटा पालिकामा किसानको भेलाले जिल्लामा पठाएका नौ जना प्रतिनिधिबाट एक जना संयोजक र अरू सदस्य किसान आफैँले चयन गरेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ जुम्लाका निमित्त वरिष्ठ कृषि विकास अधिकृत गंगा पोख्रेलले जानकारी दिनुभयो । प्रमुख पोख्रेलले नयाँ समितिलाई स्वागत गर्नुका साथै बधाई दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्