ट्र्याक्टर नदीमा खस्यो, दुईजना बेपत्ता

जाजरकोटको छेडागाड नगरपालिका–१३ दमाचौरमा ट्र्याक्टर दुर्घटना हुँदा नदीमा परेर दुईजना बेपत्ता भएका छन् । भेरी नगरपालिका–१२ कुदुबाट छेडाचौरतर्फ जाँदै गरेको भे३त १४९५ नंको ट्र्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटको सञ्चार शाखाले जानकारी दिएको छ ।

सञ्चार शाखाका अनुसार अन्दाजी सडकबाट अन्दाजी ५५ मिटर तल भेरी नदीमा ट्र्याक्टर खसेको थियो । सोमबार बेलुकी साढे ६ बजेतिर ट्र्याक्टर दुर्घटनामा परेको शाखाको भनाइ छ । स्थानीयवासीका अनुसार सडकबाट ट्र्याक्टर खसेको थियो ।

दुर्घटनास्थलमा ट्र्याक्टरसमेत भेटिएको छ । ट्र्याक्टर धनीका अनुसार चालक र सहचालक सवार रहेका थिए । चालक र सहचालक बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । घटनाका विषयमा प्रहरी टोली सोही ठाउँमा खटिई अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्