लामो समयदेखि रोक्का रहेको बेदकोटको जग्गा अख्तियारद्वारा फुकुवा

काठमाडाैँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेदकोट नगरपालिकाको ३ वटा वडाको जग्गा रोक्का फुकुवा गरेको छ । मंगलबार आयोगले वडा नं.७, ९ र १० को रोक्का जग्गा फुकुवा गरेको हो । वडा नं. ७ को बसन्तपुर हजरा क्षेत्र, वडा नं. ९ को सुन्दरपुर क्षेत्र र वडा नं. १० को हरपाल सिसैया क्षेत्रमा बिगत २ बर्षदेखि अख्तियारले जग्गा रोक्का गरेको थियो ।

लामो समयदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका आरक्ष पीडितलाई दिने भनेर जग्गाधनी प्रमाण पत्र एउटाको नाममा र चलनभोग अर्कैको नाममा रहेको थियो । सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेपछि सो जग्गाको कारोवार लगायत अन्य कार्य रोक्का गरेको थियो । जसबाट जग्गा किनबेच तथा धितो राखेर बैंकिङ कारोबार समेत गर्न कठिनाई भएको थियो । यस विषयमा सहज तथा जग्गा फुकुवाको माग राख्दै बेदकोट नगरपालिकाका नगर प्रमुखले डेढ महिना अघि अख्तियारमा सो समस्या राखेका थिए । त्यसपश्चात उक्त कुराको अख्तियारबाट सकारात्मक जवाफ आएको मेयर चन्दले बताए । जसको फलस्वरुप आज अख्तियारले जग्गा फुकुवा गर्ने निर्णय गरेको छ । अब यो निर्णय केही दिनपछि जिल्ला मालपोत कार्यालयमा पुग्ने र अन्तिमरुपमा जग्गा फुकुवा हुनेछ ।

जग्गा बिचौलीया र मालपोत कार्यालयका कर्मचारीको मेलेमतोमा विगमा चलनभोग अर्कै र जग्गाधनी पुर्जा अर्कैको नाममा परेपछि उजुरी परेको हो । जग्गा फुकुवा भएसँगै त्यस क्षेत्रका जनताले अब जग्गा कारोबार तथा किनबेचका साथै बैंकिङ कारोबार गर्न सहज हुने नगर प्रमुख चन्दको विश्वास छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्