सडकको नाली निर्माणका क्रममा बनाइएको खाल्डोमा परेर चिवनमा एक गैंडाको निधन

काठमाडौँ – सडकको नाली निर्माणका क्रममा बनाइएको खाल्डोमा परेर चिवनमा एक गैंडा मरेको छ । भरतपुर महानगरपालिका–९ गोन्द्राङमा पूर्व पूर्वपश्चिम राजमार्गमा सडक विस्तारको लागि बनाइएको नाली छेउको खाल्डोमा परेर अन्दाजी १२ वर्षको भाले गैंडा मरेको हो ।

वनदेवी सामुदायिक वनबाट भाग्ने क्रममा दिउँसो खाल्डोमा भासिएपछि निस्कन नसकेपछि मरेको हो । अर्को गैडासँग जुध्दा भागेको हुनसक्ने आशंका गरिएको छ। वनमा लगाइएको तार जाली भत्काएर बाहिर आएको थियो । यसमा महानगरपालिकाले समेत खाल्डो पुर्नमा ध्यान नदिएको भनेर पछिल्लो समय टिकाटिप्पणी हुन थालेका छन् । त्यहाँ नाली निर्माण भएतापनि खाल्डो पुरिएको थिएन् । यहि लापरवाहीले गैडाले ज्यान गुमाउनुपरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्