भोली हुने राष्ट्रिय सभा चुनावको तयारी पूरा

काठमाडाैँ – भोलि हुने राष्ट्रिय सभा चुनावको सबै तयारी पूरा भएको छ । मतदानका लागि सातवटै प्रदेशमा रहेका मतदान केन्द्रहरूमा आवश्यक सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय सभामा फागुन २० गतेदेखि रिक्त हुने १९ पदका लागि भोलि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुँदैछ । आयोगले मतदानका लागि आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । सातवटा प्रदेशमा दुई हजार २५ जना मतदाता छन् । भोलिको चुनावमा पाँच सय ३२ जना प्रदेश सभा सदस्य र एक हजार चार सय ९३ जना पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् । १९ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ ।

कोरोना महामारीको जोखिम उच्च रहेकाले मतदानस्थलमा स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरिएको निर्वाचन आयोगले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्