आजदेखि मौसममा सामान्य सुधार, तीन दिन अझै बदलीको सम्भावना

काठमाण्डौ – आजदेखि मौसममा सामान्य सुधार आउने भएको छ । मौसममा आजदेखि सामान्य सुधार भए पनि आउँदो तीन दिनसम्म देशभर बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको असर कायमै रहेकोले देशैभरि बद्लीको सम्भावना रहेको तर हिजोको तुलनामा आज मौसम केही सुधार हुने मौसमविद्ले बताएका छन् । आज पहाडी भेगमा बिहानीपख केही बेर घाम लाग्ने तर दिउँसोपछि पुनः बादल लाग्ने सम्भावना रहेको र आज पहाडी केही ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको पनि सम्भावना छ ।

तराईका जिल्लामा भने अहिले धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागेको छ । दिउँसोपख हुस्सु हट्न थाल्ने तर बेलुकीपख फेरि बद्ली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्