एमाले कैलालीको अध्यक्षमा रतन थापा विजयी, चन्द ४ मतले पराजीत

काठमाडौँ – प्रतिश्पर्धीलाई ४ मतले हराउँदै रतन थापा, नेकपा एमाले कैलालीको अध्यक्षमा विजयी भएका छन्।

आठौँ अधिवेशनमा अध्यक्षका अर्का प्रत्यासी रणबहादुर चन्दलाई चार मत अन्तरले हराउँदै थापा जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन्। थापाले २८७ मत पाउँदा चन्दले २८३ मत मात्र पाए । यस्तै उपाध्यक्षमा सीताराम बुढाथोकीलाई हराउँदै दुर्गाप्रसाद जोशी विजयी भए। सचिवमा डेजी पाण्डे विजयी भए।

यस्तै उपसचिवमा ममता चौधरी र लोकेन्दबहादुर शाही विजयी भएका छन्। अध्यक्षमा थापा बिजयी भए पनि अधिकांश पदाधिकारी भने चन्द प्यानलबाट बिजयी भएका छन्। अन्य पदको मत गणना जारी रहेको छ। अध्यक्ष सहित १५० पदका लागि ३२९ जना चुनावी मैदानमा थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्