आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

सांकेतिक तस्बिर

काठमाण्डौ – मौसम पूर्णरुपमा खुल्न अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् । अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेकाले पूर्ण रुपमा मौसम खुल्न अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ ।

आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । यस्तै उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुनेछ । बाँकी प्रदेश–१, २ र वाग्मती प्रदेशमा भने सामान्यदेखि आंशिक बद्ली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्