भारतबाट घर फर्किनेको संख्या बढेसँगै सुदूरपश्चिममा कोरोना संक्रमण तिव्र गतिमा फैलिदै, एकैदिन १५८ जनामा कोरोना पुष्टि

कैलाली – भारतबाट फर्किनेको संख्या बढेसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको संक्रमण दर पनि ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै प्रदेशका एक सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार एक हजार ३८५ जनाको परीक्षण गर्दा एक सय एक जनाको एन्टिजेन र ५७ जनाको पीसीआर प्रविधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । निर्देशनालयका अनुसार भारतबाट आएका नागरिकमा संक्रमण देखिने दर ह्वात्तै बढेको हो। आज मात्रै भारतबाट स्वदेश फर्केका ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्रिनगर–गौरीफन्टा नाकाबाट भित्रिएका ५७ र गड्डाचौकी नाका भएर स्वदेश फर्केका ४० जनामा संक्रमण पुष्टि भएको हो। सुदूरपश्चिमका चार नाका भएर आज एक हजार ३४५ नेपाली स्वदेश फर्केका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्