राष्ट्रियसभा निर्वाचन : सत्तारुढसँग एमाले एक्लै भिड्दै, यी हुन् एमालेका १९ उम्मेदवार, सुदूरपश्चिमबाट को–को ?

काठमाडौँ – नेकपा एमालले राष्ट्रिय सभा सदस्य पदका लागि हुने निर्वाचनको लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।
एमालेले प्रदेश १ मा खुलातर्फ देवराज घिमिरे, महिलाबाट सुमित्रा भण्डारी र अल्पसंख्यकबाट सोनाम गेल्जेन शेर्पालाई उम्मेदवार तय गरेको छ । प्रदेश २ मा खुलातर्फ असर्फी भिनवार यादव, महिलाबाट बिना शाह, बागमती प्रदेशबाट खुलातर्फ गोपाल शाक्य, महिलातर्फ निरकुमारी कुँवर (निरु) दर्लामी, गण्डकी प्रदेशमा खुलातर्फ पुण्यप्रसाद पौडेल, महिलातर्फ लीला पोखरेल, दलितबाट गोविन्दबहादुर नेपालीलाई एमालेले उम्मेदवार तय गरेको हो ।

एमालेले लुम्बिनीमा खुलातर्फ रामदयाल गुप्ता, महिलातर्फ भारती खनाल, दलितमा कृष्णबहादुर सुनार, कर्णाली प्रदेशमा खुलातर्फ चूडामणि शर्मा, महिलातर्फ गंगा थापा महत, अल्पसंख्यकबाट पदमबहादुर माझी उम्मेदवार बनाएको छ । यस्तै यस्तै सुदूरपश्चिम प्रदेशमा एमालेबाट खुलातर्फ डिल्लीराम भट्ट, महिलातर्फ सन्तोषकुमारी शर्मा, दलितबाट नरेश बिक उम्मेदवार बनेका छन् ।
आज १० बजे देखि मनोनयन दर्ता हुँदै छ । मा १२ गते राष्ट्रियसभा सदस्यको १९ रिक्त पदका लागि निर्वाचन हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्