माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि, अध्यक्षमा प्रचण्ड नै दोहोरिने सम्भावना

काठमाण्डौ – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि काठमाडौँको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा सुरु हुँदैछ । दिउँसो १ महाधिवेशनको उद्घाटन हुनेछ ।

यसअघि प्रथम राष्ट्रिय सम्मेलन गर्ने भने पनि वडा तहदेखि नै माओवादी केन्द्रले सबै प्रक्रिया गरेको र गर्नै पर्ने संवैधानिक व्यवस्थाका कारण यसलाई आठौँ महाधिवेशनका रूपमा गर्न लागिएको माओवादीले जनाएको छ । त्यसअघि माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्ने छ ।

बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णयलाई अनुमोदन गर्ने छ । महाधिवेशनको सबै तयारी पूरा भइसकेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । तीन दिनसम्म चल्ने सम्मेलनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्ताबेज पेस हुनेछन् । ती प्रतिवेदनमाथि विभिन्न २० वटा समूह बनाएर छलफल गर्ने तयारी छ । माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै दोहोरिने सम्भावना छ । महाधिवेशमा कुल एक हजार ६ सय ३१ को प्रतिनिधि सहभागी हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्