महामन्त्रीमा गगन सँगै विश्वप्रकाश पनि जीत तर्फ, कसले कति मत पाए ?

काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्मा जिततर्फ अघि बढेका छन् ।

३४२० मत गणना हुँदा गगनले २२२७ र विश्वप्रकाशले १३७६ मत पाएका छन् । महामन्त्री पदका अरु उम्मेदवार डा. प्रकाशशरण महतले ११२७, प्रदीप पौडेलले १०३०, डा. मिनेन्द्र रिजालले ६०३ र राजाराम कार्कीले ७७ मत पाएका निर्वाचन समितिले जनाएको छ । कांग्रेसमा दुई महामन्त्री निर्वाचित हुने व्यवस्था छ ।

कांग्रेस महाधिवेशनमा करिब ४६५० मत खसेको थियो । अब करिब १२ सय मत गन्न बाँकी छ । महामन्त्रीमा शेरबहादुर देउवा प्यानलबाट डा. प्रकाशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल, प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्की उम्मेदवार थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्