दार्चुलाको निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी मोहनसिँह धामीलाई

दार्चुला – दार्चुला जिल्लाको निमित्त प्रमुख जिल्ला अधिकारीको रुपमा मोहन सिँह धामीलाई जिम्मेवारी दिइएको छ । प्रमुख जिल्ला अधिकारी काम विशेषले जिल्ला बाहिर भएकाले निमित्त प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी धामीलाई दिएको हो ।

यसभन्दा पहिले सहायक जिल्ला अधिकारीको रुपमा जोत्स्ना भट्ट जोशी रहनु भएको थियो । उहाँको अद्यागम विभागमा सरुवा भएसँगै धामीलाई गृहमन्त्रालयको यहि महिनाको १९ गतेको निर्णय अनुसार सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो । उहाँ २१ गतेदेखि नै निमित्त प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशी एक बर्ष दुई महिना दार्चुला बस्नुभएको हो । उहाँको आज एक औपचारीक कार्यक्रमका विच विदाइ गरिएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी धामी जिल्ला समन्वय अधिकारी, प्रमुख प्रशासकीय अधिकृत हुदैँ थुप्रै प्रशासनिक क्षेत्रमा काम गरिसक्नुभएको छ ।
दार्चुला जिल्लाको नौगाड गाउँपालिका स्थायी घर भएका धामी यो भन्दा पहिला सीमा प्रशासन कार्यालय ब्याँस छांगरुमा कार्यरत हुनुहुन्थ्यो ।

उहाँ सुरूवातमा २ वर्ष ४ महिना नौगाड गाउँपालिका, दार्चुलाको प्रमुख प्रशासकीय अधिकृत, त्यसपछि १ बर्ष ८ महिना जिल्ला समन्वय अधिकारी हुदैँ यसपूर्व सीमा प्रशासन कार्यालय ब्याँस छांगरूमा कार्यरत हुनुहुथ्यो । अहिले उहाँलाई दोहोरो जिम्मेवारी दिइएको छ ।

१९ बर्षको उमेरमै दार्चुला जिल्लामा सूचना प्रविधी सम्बन्धी ज्ञान तथा सेवा भित्र्याउने धामीसंग सूचना प्रविधी क्षेत्रको लामो अनुभव छ । उहाँबाटै प्रशिक्षित जनशक्ति जिल्लाका अधिकांश सरकारी, गैर सरकारी कार्यालयको सूचना प्रविधि क्षेत्रमा कार्यरत छन् । वि सं २०६९ सालमा लोक सेवा आयोग सुदुरपश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय राजपूर डोटीद्वारा लिइएको राजपत्र अनंकित प्रथम श्रेणी कम्प्युटर अपरेटरको प्रतिष्पर्धात्मक परीक्षामा पहिलो पटकमै १ नम्बरमा सिफारिस हुन सफल धामीको निजामति सेवाको यात्रा मालपोत कार्यालय दार्चुलाको कम्प्युटर अपरेटरबाट सुरु भएको हो ।

धामी ३ बर्ष १० महिना जग्गा प्रशासन क्षेत्रमा काम गरे पश्चात वि सं २०७३ सालको नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहको शाखा अधिकृत खुल्ला तर्फ सिफारिस भएका हुन् । उहाँ खुल्लातर्फ ४६औं वरियताक्रममा सिफारिस भएका हुन् । सेवा प्रवाहमा समर्पण, प्रतिवद्धता, सूचना प्रविधि र नवप्रवर्तन मार्फत राष्ट्र निर्माणमा योगदान पुर्या्उने विषयलाई केन्द्रविन्दुमा राख्ने धामी एक कुशल राष्ट्रसेवकको रुपमा परिचित हुनुहुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्